धनगढी, २३ फागुन/कैलालीको धनगढीमा अवैध रुपमा माटो उत्खनन गरेको पाईएको छ ।धनगढी उपमहानरपालिका वडा नँ १४ मा माटो उत्खनन गरिएको हो ।
फुलवारीमा अवस्थित शिवशँकर आधारभुत बिधालयमा पोखरि निर्माणको लागि माटो निकालिएको बिधालयका प्रधानाध्यापक लक्ष्मीराज ओझाले बताए । उनले भने, ऐलानी जग्गा हो, वन क्षेत्रपनि हो ।
बिधालयमा पर्ने उक्त जग्गाबाट पोखरी निर्माणका लागि ठेकेदारले माटो निकालेको हो । हामीले त्यो जग्गा दताका लागि प्रक्रिया अघि बढाएका छौ उनले भने ।वनक्षेत्र भित्रको माटो निकासि गर्न नहुने भएकाले निकासि रोक्न लगाएका जिल्ला वन कार्यालायका प्रमुख रामचन्द्र कडेलले बताए । उनले माटो उत्खनन गर्नु अवैध भएको बताए।