धनगढी, १९ फागुन/ सरकारले विप्लव समूहसँग फेरी वार्ता सुरु गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा भर्खरै वार्ता शुरु भएको छ । यसअघि आजै विहान दुई पक्षले वार्ता गरेका थिए ।
वार्ता लगत्तै सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहसँगको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।
उनले वार्ता निकै सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । यसै सन्दर्भमा बालुवाटारमा फेरी दोस्रो चरणको वार्ता शुरु भएको हो ।