• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिम प्रदेशमा डढेलोको जोखिम

धनगढी, १९ फागुन/ हरेक वर्ष प्रायः फागुनदेखि जेठ महिनासम्म वन डढेलोको जोखिम रहने गर्दछ । डढेलो नियन्त्रणका लागि चाहिने आवश्यक सामग्री र दक्ष जनशक्तिको अभावका कारण डढेलोबाट हरेक वर्ष सुदूरपश्चिम प्रदेशको वन मासिदै गएको छ । तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा वन अतिक्रमणका कारण भन्दा बन डढेलोका कारण बढि वन विनास भइरहेको छ ।

सामुदायिक बन उपभोक्ता समिति, कैलालीका अध्यक्ष डण्डिराज सुवेदीले डढेलोका कारण वर्षेनी वन क्षेत्र मासिदै गइरहेको बताए । उनल भने– वन क्षेत्रमा डढेलो लागेपछि नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री र दक्ष तथा तालिमप्राप्त जनशक्तिको अभाव भएका कारण वर्षेनी ठूलो नोक्सानी भइरहेको छ ।

विपद जोखिम नियन्त्रणका लागि अति जोखिम, जोखिम र न्यून जोखिम क्षेत्र पहिचान गरि त्यस अनुसार नियन्त्रणका लागि कार्यक्रम तय गरिन्छन् । बन डढेलोलाई सरकारले विपद मानेको भए पनि त्यसअनुसार तयारी भने गर्न सकेको छैन । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले भने– हामीले कुन क्षेत्र कति जोखिममा रहेको छ त्यो बारे पहिचान गरेका छैनौ र यसबारे अध्ययन पनि भएको छैन ।

उनका अनुसार मन्त्रालय र मातहातका कार्यालयहरूले जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका पाच वटा जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीको वन क्षेत्र डढेलोको जोखिममा छन् । सूचना अधिकारी श्रेष्ठले भने– हिमाली क्षेत्रमा सुख्खा कम हुँदा वन डढेलोको जोखिम पनि कम रहन्छ ।

प्रदेशमा १० लाख १९ हजार आठ सय ७५ हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको छ । गर्मीयाम शुरु भएसंगै यस वर्ष डढेलोको थप जोखिम बढेको जनाइएको छ । मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले भने– अहिलेको मौसम लगायत विभिन्न कारणले यो वर्ष डढेलोले उग्र रुप लिने अनुमान गरेका छौ ।

उनले मन्त्रालय र मातहातका कार्यालयले डढेलो लाग्न नदिन नै प्राथमिकताका साथ लागिरहेको बताए । उनले भने– डढेलो लाग्न नदिन हामीले मानिसमा सचेतना फैलाउनुपर्छ । बन डढेलो फैलियो भने नियन्त्रणको प्रयास गरिनेछ ।

प्रदेश वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री खरिद र अग्नि नियन्त्रणका लागि भनेर बजेट विनियोजन गरेको छ । मन्त्रालयले सामग्री खरिदका लागि ४८ लाख रुपैया विनियोजन गरेको छ भने विभिन्न जनचेतनामूलक कार्यक्रमका लागि ३९ लाख ५० हजार रुपैया विनियोजन गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले भने– अहिले डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढेको छ भने सञ्चार माध्यमबाट प्रचार–प्रसारका कार्यक्रम अघि बढाइएको छ ।

डढेलो नियन्त्रणका लागि जिल्ला तथा स्थानीय स्तरमा जोखिम नियन्त्रण समिति गठन गरि परिचालन गर्ने प्रक्रिया अघि बढाएको जनाइएको छ । मन्त्रालय तथा मातहातका कार्यालयहरूले वन भित्र सुकेका झाँडलाई एकलाउने, अन्तरक्रिया गर्ने, पर्चा पम्पलेट बाडने, टोली परिचालन गर्ने लगायतका कार्यक्रम अघि बढाउने तयारीमा रहेको जनाइएको छ । यस्तै, डढेलो नियन्त्रणका लागि सक्रिय व्यक्तिलाई पुरस्कृत गर्ने कार्यक्रम मन्त्रालयले बनाएको छ ।

किन छ डढेलोको जोखिम ?
सुख्खायाममा वन डढेलोको जोखिम हुनु सामान्य हो । तर, यस वर्ष सरकारले ढलापडा रुखहरू पनि संकलन गर्न दिएको छैन । जसका कारण झारपातदेखि ती ढलापडा रुखमा आ“गो लाग्ने देखिएको छ । यसले गर्दा डढेलोले यस वर्ष जोखिम निमत्याउने मन्त्रालयले आ“कलन गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले भने– हावाहुरीले रुखहरू ढलेका छन् । त्योसंगै सकेका पातहरू पनि फैलिएका छन् । सामान्य आगो लागेपनि डढेलो फैलिन्छ । यसले गर्दा सडक सञ्जाल नपुगेको क्षेत्रमा नियन्त्रण गर्न सकिदैन ।’

डढेलोको मुख्य कारण मानवनै रहेको छ । मानिसले चुरोट खाएर जथाभावी फ्याक्ने, पिक्निकका लागि जाँदा बालेको आगो ननिभाउने लगायतका कारण वनमा डढेलो हुने गरेको छ । प्राकृतिक कारणले न्यून रुपमा वनमा डढेलो हुने गरेको वन विज्ञ रमेश चन्द बताउँछन् । उनले भने– प्राकृतिक भन्दा पनि मानवकै कारण वनमा डढेलोको जोखिम छ ।’ यस्तै, विभिन्न सरकारबाट सञ्चालन भएका सडक विस्तारले पनि बन डढेलो निम्तने गरेको छ । उनले भने– सडक कालोपत्रे गर्दा आवश्यक सामाग्री बनाउन आगोको प्रयोग गरिन्छ । त्यहाँ रहेका मजदुर आगो ननिभाउदा वनभित्र पस्छ ।

उनले मजदुर लगायत वन क्षेत्रमा रहेका व्यक्तिहरूलाई डढेलोसम्बन्धी जानकारी दिन आवश्यक रहेको र नियन्त्रणका लागि सामाग्रीहरू पनि तयारी अवस्थामा राख्नुपर्ने बताए ।

तराईमा बढि जोखिम किन ?
कैलालीमा गत वर्ष कुल क्षेत्रफलको ४० प्रतिशत वन क्षेत्रमा डढेलो फैलियो । गत वर्ष धेरै गर्मी नभएका कारण वन क्षेत्रमा डढेलोले धेरै नोक्सान गर्न पाएन र समयमै नियन्त्रणमा आएको थियो । तर, यस वर्ष यहाँ थप जोखिम रहेको छ ।

मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले भने– वन अतिक्रमण गरेर मानिस बसेका छन् । जहाँ मानव वनसंग जोडिन्छ त्यहाँ डढेलोको जोखिम हुन्छ ।’

आर्थिक वर्ष २०७५÷७६ मा डढेलोका कारण ४० प्रतिशत वन सखाप भएको थियो । जंगलमा डढेलो लगाउन नहुने चेतना नहुनु र डढेलो लग्दा निभाउन सक्ने प्रविधि, जनशक्ति र उपकरण नहुनुले पनि वन विनाश हुने गरेको उनी बताउँछन् ।

समुदायमा रहेका केही गलत सोच भएका मानिसले जंगलमा आगजनी गर्ने र सामुदायिक वनमा विमती राख्नेहरूले जंगलमा डढेलो लगाइ दिंदा डढेलोका कारण पनि जंगल मासिने गरेको उनी बताउँछन् । गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिंगर र सुकेका ढलापढा काठले पनि डढेलो लाग्ने गरेको बताउँदै उनी भन्छन्, ‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा डढेलोले बर्सेनि जंगल सखाप पार्ने गरेको छ ।’

बुधबार, फागुन १९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.