धनगढी, १९ फागुन/ कैलाली बहुमुखी क्याम्पसले बुधबार शोक विदा दिएको छ।
बहुमुखी क्याम्पसका संस्थापक सदस्य तथा बद्रीनाथ भण्डारी जेहेन्दार छात्रवृत्ति कोषका संस्थापक, समाजसेवी एवंम् दानवीर बद्रीनाथ भण्डारीको निधनमा एक दिन आज शोक विदा दिइएको सूचना जारी गरेर जानकारी दिइएको छ।
क्याम्पस प्रमुख प्राध्यापक डा. पदमराज जोशीले सूचना जारी गर्दै आज एक दिन शोक विदा दिइएको उल्लेख गरेका छन्।
क्याम्पसले दिंवगत आत्मको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदन पनि दिएको छ।
