• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पार्टीले प्रधानमन्त्रीको सुरक्षा गर्छ : माधव नेपाल

धनगढी १८ फागुन/ नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको सुरक्षा आफ्नो पार्टीले गर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आफ्नो ज्यान खतरामा रहेको बताएका थिए।

२४ घण्टा नै सुरक्षा घेराभित्र हुने प्रधानमन्त्रीले सुरक्षा खतरा रहेको बताएको भोलिपल्ट त्यसतर्फ व्यङ्ग्य गर्दै नेता नेपालले सबैले बिचार गर्नुपर्ने बेला आएको बताएका हुन्। ‘मुलुककै प्रधानमन्त्री आफ्नो ज्यानको खतरा छ भनेर हिँडिरहेका छन्। यो निक्कै गम्भीर कुरा हो’, उनले भने, ‘मुलुकमा प्रधानमन्त्री असुरक्षित हुन हुँदैन। प्रधानमन्त्रीको जीवन सुरक्षित गर्ने कामको जिम्मेवारी हामीले बोक्नुपर्ने हो भने पनि त्यसका लागि तयार छौँ।’

विराटनगरमा प्रेस संगठन नेपाल मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफू वर्षौदेखि ज्यानलाई जोखिममा राखेर हिँडिरहेको पनि बताए। नेता नेपालले प्रधानमन्त्रीको सुरक्षाका लागि आफ्नो पार्टीले पहल गर्ने बताउँदै मुलुकमा प्रधानमन्त्रीलाई असुरक्षित हुन दिन नहुने तर्क राखे।

उनले प्रतिगमनविरुद्ध संघर्षमा उत्रिएका दलहरुसँग मिलेर र हातेमालो गरेर नयाँ सरकार बनाउने पक्षमा आफूहरु रहेको पनि बताएका छन्। नेकपा, कांग्रेस र जसपा जनता समाजवादी पार्टी मूल तीन पार्टीहरुबीचमा छलफल भएर नयाँ सरकार गठन गरिने उनको भनाइ छ। ‘कांग्रेससँग छलफल चलिरहेको छ। जसपाले के निर्णय गर्छ भन्ने हेर्न बाँकी छ,’ नेता नेपालले भने, ‘जसरी पनि सहमतिमै नयाँ सरकार गठन हुन्छ। हामीलाई प्रधानमन्त्री चाहिँदैन भनिसकेका छौँ।’

उनले कांग्रेस र जसपा जसलाई भए पनि प्रधानमन्त्री सुम्पन आफ्नो दल तयार रहेको बताए। नेकपाले प्रधानमन्त्री दाबी नगर्ने भएकाले अरुलाई नै छाड्न तयार रहेको नेपालले स्पष्ट पारेका हुन्। उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव जसरी पनि दर्ता गरिने बताए। ‘हामीले उहाँहरु ९कांग्रेस, जसपा०लाई तपाईहरु प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुस् हामी साथ दिन्छौँ भनेका छौँ,’ नेपालले भने, ‘हैन भने हामीले ल्याउँदा साथ दिनुस् भनेका छौँ।’ यसअघिको अविश्वास प्रस्तावका बारेमा भने सर्वोच्चको फैसलाको असर हेरेर संसद सचिवालयले निर्णय लिनुपर्नेमा उनको जोड छ।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रतिगमनमा लागेका व्यक्तिका हकमा प्रश्चाताप र गल्ती महसुस गरेर आएमा पार्टीभित्र स्वागत गर्न तयार रहेको पनि उनले बताए। तर प्रतिगमनका मतियार र बहाकबाट भने मुक्ति चाहेको उनको जिकिर थियो। असंवैधानिक कदमलाई सच्याउँदै संसद पुनस्थापनाको फैसला गरेर सर्वोच्च अदालतले ऐतिहासिक र साहसिक काम गरेको नेपालको भनाइ थियो। सर्वोच्चको फैसलाले शक्ति र संविधानवादको जित भएको उनले बताए।

नेता नेपालले आफूहरु नै आधिकारिक नेकपा भएको र निर्वाचन आयोगले पनि त्यसको संकेत दिइसकेकोे बताए। चार सय ४१ जना केन्द्रीय सदस्यबाट निर्णय गराएर दाबी गरिएका कारण आयोगले आफूहरुलाई आधिकारिक मानिसकेको र आयोगले आधिकारिकता दिन मात्रै बाँकी रहेको उनको जिकिर थियो।

बहुमत कसको साथमा छ भन्ने कुराको जुनसुकै प्रमाण पनि आफूहरु दिन तयार रहेको उनको भनाइ थियो। ‘हामी रगत, खकार, पासपोर्ट, नागरिकता जुनसुकै प्रमाण दिन पछि तयार छौँ। लाइसेन्स पनि दिन्छौँ,’ नेपालले भने, ‘तर मेरो चैँ लाइसेन्स पुरानो भएर रिन्यू फेल ९नवीकरण नगरेको० भएको अवस्थामा छ। त्यो पनि चाहिन्छ भने दिन तयार छु।’

चार सय ४१ जनाको बहुमतले गरेको निर्णय आयोगले मान्नै पर्ने जिकिर गर्दै उनले बहुदल र लोकतन्त्रमा बहुमत शक्तिशाली हुने दाबी गरे। ओलीप्रति लक्षित गर्दै नेपाल नेपालले भने, ‘एउटा सानो चोइटो बालुवाटारमा बसेकोबस्यै छ। यता विशाल पार्टीको बैठक भएकोभयै छ। दुईतिहाईभन्दा बढी हामीसँग हुँदा पनि आयोगले निर्णय लिन सकेको छैन। आयोगले कहिले निर्णय गर्छ भन्ने कुराको जिम्मा चैँ हामी लिन सक्दैनौँ।’ तर आयोगलाई भड्काउने पक्षमा आफूहरु नरहेको र नेपाली जनतालाई खुशी पार्ने पक्षमा रहेको उनले बताए।

कुनै पनि कुराबाट असफल भएपछि तत्काल राजीनामा दिनुपर्ने संसारकै प्रचलन रहेको नेता नेपालको भनाइ छ। ‘आफूले चालेको असंवैधानिक कदम सच्चिसकेका कारण ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने हो,’ उनले भने, ‘हामीले निस्कासित गरिसकेकाले अब ओली पार्टी सदस्य पनि छैनन्।’

नेता नेपालले आफ्नो ओलीसँगको सम्बन्ध सकिएको जिकिर पनि गरे। ‘पहिले राजनैतिक सहयात्री थियौं। अब सम्बन्ध सकिसकेको छ,’ नेता नेपालले भने, ‘सम्बन्ध अब इतिहासमा सीमित रहन्छ। अहिले ओलीसँग केही पनि सम्बन्ध छैन।’ एसीसीको प्रसंगमा उनले मुलुकको हितमा रहने जुनसुकै कुरामा पनि आफ्नो पार्टी नकारात्मक नरहने बताए।

मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.