धनगढी, फाल्गुन १७/ बैतडीमा सडकखण्डको निर्माण समिति गठनको प्रक्रिया विवादित बनेको छ। जिल्लाको सिगास गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको देउलेक- दोगाड गर्जे सडकखण्डको उपभोक्ता समिति गठन प्रक्रिया विवादमा तानिएको हो।
उक्त सडकखण्ड निर्माणका लागि निर्माण समिति बनाउदा वडा अध्यक्षले जवर्जस्ती पुर्वाग्रही ढङ्गले स्वघोषित समितिलाई मान्यता दिन खोजेको स्थानीयको आरोप छ। सिगास वडा नं ८ का अध्यक्ष कर्ण सिंह ऐरले नातेदार तथा आफन्तलाई समितिमा राखेर बिना सहमति स्वघोषित समिति निर्माण गरेको मान सिंह ऐरले बताए ।
उनले भने, ‘अध्यक्षको उम्मेदवार गणेश बोहराको सहमती बिनानै खडक सिह बोहरालाई टपक्क टिपेर अध्यक्ष बनाइयो। सचिब सुमित्रा ऐरले सहमती नदिदै भागरथी ऐर र कोषाध्यक्ष समेत सहमति बिनानै बनाइएको हो।’

यस बिषयमा सुदुरपत्रले वडा अध्यक्ष कर्ण ऐरलाई बुझ्दा बहुमतका आधारमा समिति गठन गरिएको बताए ।