बनबेहडा १७ फागुन/कैलालीको गौरीगंगा नगरपालिका वडा न. – ६ बनबेहडा स्थित बिणा विद्या मन्दिरको दुई कोठे पक्की भवनको सोमबार एक समारोह बिच सुदूरपश्चिम प्रदेश सरकारका पुर्ब सामाजिक विकास मन्त्री दिर्घ सोडारीले शिलान्यास गर्नु भएको छ ।
विद्यालय भवनको शिलान्यास समारोहमा बोल्दै पुर्ब मन्त्री सोडारीले निर्वाचित क्षेत्रको विकासका लागि पहिलो पुर्बाधार भौतिक निर्माण भएकाले सो कार्य तिब्र गतिमा अघि बढीरहेको बताउनु भयो । अब भौतिक निर्माण संगै शैक्षिक र सामाजिक विकास तर्फ आफ्नो ध्यान केन्द्रीत रहेको बताउनु भयो । जनप्रतिनिधि सधैं जनता प्रती उत्तरदायी हुनु पर्ने भन्दै पुर्बमन्त्री सोडारीले आफू निर्वाचित क्षेत्रको चौतर्फी विकासमा ध्यान दिनु हरेक जनप्रतिनिधिको दायित्व रहेको बताउनु भयो ।
विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गौरीगंगा नगरपालिका वडा न.६ की वडा अध्यक्ष कमला शर्मा विशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा बिणा विद्या मन्दिर विद्यालय ब्यबस्थापन समितीका सदस्य दानबहादुर कुवँरले स्वागत मन्तव्य गर्नु भएको सो कार्यक्रम विद्यालयका प्रधानाध्यापक दलबहादुर बोगटीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा गौरीगंगा नगरपालिका वडा न.६ का वडा अध्यक्ष कमला शर्मा,अमर माध्यामिक विद्यालयका प्रधानाध्यापक उजिर सिंह कुवँर, समाजसेवी पुरन सिंह कडायत लगायतले पुर्बमन्त्री सोडारीको खुलेरै प्रसंशा गर्नु भएको थियो । भवन १८ लाख लागतमा निर्माण भएको हो ।
