धनगढी, फाल्गुन १७/ कैलालीमा एक पुरुषको शव फेला परेको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ लम्की बहुमुखी क्याम्पस नजिक स्थानीय ५१ वर्षीय गणेश बहादुर थापाको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ। शव नजिक सल्फास नामक विषादी समेत फेला परेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
