• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

महाकालीमा शुरु भयो साहसिक जलयात्रा र्‍याफ्टीङ

महेन्द्रनगर १७ फागुन/कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा पर्ने महाकाली नदीमा साहसिक जल यात्रा र्‍याफ्टीङ शुरु भएको छ । भीमदत्त नगरपालिका वडा नम्वर–१२ मा पार्ने निर्माणाधीन महाकाली चारलेन पुलबाट झुलुङ्गे पुलसम्म र्‍याफ्टीङ सेवा शुरु भएको हो ।

महाकाली र्‍याफ्टीङ एण्ड रिर्सोट प्रालिले पर्यापर्यटनलाई लक्षित गरि सहसिक जलयात्रा शुरु गरेको हो । कम्पनीका सञ्चालक करन सिंह पालले महाकाली नदीको ३ दशमलव ५ किलोमिटर दुरीमा सेवा सञ्चालन गरिएको बताए ।उनका अनुसार महेन्द्रनगरबाट विभिन्न प्याकेजमा सेवा सञ्चालन गरिएको छ । ‘सुदूरपश्मि थुप्रै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो’, कम्पनीका सञ्चालक पालले भने, ‘नयाँ पर्यटकीय गन्तव्यको विकास गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्ने उद्देश्यका साथ र्‍याफ्टीङ सञ्चालनमा ल्याएका छौ ।’

कम्पनीले र्‍याफ्टीङका लागि महेन्द्रनगरबाटै गाडी समेत व्यवस्था गरेकोे छ । साथै उक्त कम्पनीले चाँडै नै रिर्सोटसमेत सञ्चालनमा ल्याउने तयारी गरेको अर्का सञ्चालक सञ्जय कुमार भट्टले बताए ।उनका अनुसार महाकालीमा घुम्न आउने पर्यटकहरुलाई लक्षीत गरि आवाससहित रिर्सोट सञ्चालन गरिन लागेको हो । स्थानीय युवा गजेन्द्र चन्द, करन सिंह पाल र सञ्जय कुमार भट्टले महाकालीमा पहिलो पटक व्यवसायिक र्‍याफ्टीङ सेवा शुरु गरेका हुन् ।

रिर्सोटका लागि जग्गा भाडा लिएर संरचना निर्माणको तयारी भइरहेको उनीहरुको भनाइ छ । महाकालीन निर्माण भइरहेको चारलेनको पुल र एशिया कै दोस्रो लामो झुलङ्गे पुल घुम्न आउने पर्यटकका लागि र्‍याफ्टीङ आर्कषणको केन्द्र बन्ने सम्भावना रहेको छ ।कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ले र्‍याफ्टीङ सञ्चालनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए । र्‍याफ्टीङलाई एडभचरीयर गेमको रुपमा लिने गरिएको बताउँदै अध्यक्ष मल्लले भने, ‘महाकाली घुम्न आउने पर्यटकका लागि नयाँ गन्तब्य थपिएको छ, यसले यस क्षेत्रको पर्यटन पवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।’र्‍याफ्टीङलाई थप व्यवस्थित गरि प्रचारप्रसारमा जोड दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै र्‍याफ्टीङ गाईड करन शाहीले महाकाली साईलेन्ट रिभर भएकाले सबै उमेर समुहका व्यक्तीहरुले ¥याफ्टीङ गर्न मिल्ने बताउँदै उनले भने, ‘महाकालीको यो क्षेत्रमा वेबस् छैन्, साईलेन्ट रिभरको रुपमा रहेको देखिन्छ ।’ उनले भने, ‘यस्तो नदीमा र्‍याफ्टीङ गर्न त्यति जोखिम हुँदैन बच्चादेखि वृद्धसम्मले मनोरञ्जन लिन सक्छन् ।’

 

सोमबार, फागुन १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.