एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।लिभरपुलले घरेलु टोली सेफिल्डलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा कर्टिस जोन्सले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
ब्रामल लेन सेफिल्डमा आइतबार राति भएको खेलमा लिभपुलले खेलको सुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।४८औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६४औं मिनेटमा किन ब्रायनले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा २–० को अग्रता लिन सफल भयो । रोबर्टो फिर्मिनोको प्रहार किन ब्रायनलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुदा राम्सदालेले रोक्ने कुनै मौका नै पाएन ।
त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो । यो जितसँगै लिभरपुल २६ खेलबाट ४३ अंक जोडेर छैटौ स्थानमा रहेको छ । पराजित सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।
अन्य नतिजा
क्रिस्टल प्यालेसविरुद्ध फुलहम ९०–००, लेस्टरविरुद्ध आर्सनल ९१–३०, टोटेनहमविरुद्ध बर्नले ९४–००, चेल्सीविरुद्ध म्यानचेस्टर युनाइटेड ९०–००
