धनगढी, फाल्गुन १६/ राष्ट्रियसभा सांसद कोमल वलीको विषयमा गरेको टिप्पणीपछि नेकपा प्रचण्ड–नेपाल पक्षका नेता रघुजी पन्त विवादमा परेका छन्। राजधानीमा शनिबार आयोजित कार्यकर्ता भेलामा पन्तले ुकोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद भएकोु टिप्पणी गरेका थिए।
वलीको विषयमा पन्तको टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा महिलाविरोधीका रूपमा पन्तको आलोचना भइरहेको छ। नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षकी सांसद वलीले आफूले पन्तविरूद्ध अदालत जाने सोचिरहेको बताइन्।
उहासँग मेरो राम्रो सम्बन्ध थियो। कुनै वैमनश्य पनि थिएन। उहाँ प्रेस सल्लाहकार पनि हुनुहुन्थ्यो। रेडियो नेपालमा पनि आउनुहुन्थ्यो। म दाइ भन्थेँ, वलीले भनिन्, तर अचानक हिजो उहाँको कुरा सुनेँ। म आफैं आश्चर्यचकित छु। चोटमा परेको छु। वलीले आफू पन्तको राजनीतिक प्रतिस्पर्धी नरहेको बताइन्।
म महिला क्लष्टरबाट राष्ट्रियसभा सांसद भएको हुँ। मलाई पार्टीमा जिल्लाबाट सिफारिस भएर प्रदेशबाट नाम गएर उहाँ पनि भएको स्थायी समिति बैठकले राष्ट्रियसभामा टिकट दिएको हो, वलीले भनिन्, लाग्दैन, मसँग उहाँको कुनै कम्पिटिसिन थियो। तर उहाँलाई के कुरा चित्त बुझेको रहेनछ, त्यस्तो निच शब्द प्रयोग गर्नुभयो। यौनिकताको कुरा गरेर गैरराजनीतिक बोल्नुभयो। म आफैं आश्चर्यचकित छु।
वलीले पछिल्लो समय राजनीतिक क्षेत्रमा लागेका महिलामाथि धेरै टिप्पणी हुन थालेको बताइन्।
महिलाहरूलाई यस किसिमको शब्द प्रयोग गरेर बोल्नु शोषण नै हो। राष्ट्रपतिमाथि पनि विभिन्न खालका घटिया टिप्पणी गरिराखेका छन्। महिला केही हुनै नपाउने हो कि, उनले भनिन्।
महिलाहरूले सफलता प्राप्त गरेपछि वा पदमा पुगेपछि यस प्रकारको आउँछ बेलाबेला। यो ममाथि मात्र होइन। यो समग्र महिलामाथिको आक्रमण हो जस्तो लाग्छ, वलीले भनिन्, ुम एउटा पात्र मात्र हुँजस्तो लाग्छ। जुन तरिकाले महिलालाई लिन्छन् यो प्रवृति हो। म माथि मात्रै होइन, अरू महिलामाथि पनि राजनीतिक क्षेत्रमा आएपछि टिप्पण गरिँदो रहेछ। यो प्रवृत्तिको अन्य हुन जरूरी छ जस्तो लाग्छ।
पन्तले भने आफ्नो भनाइले कोमल वलीलाई चोट पुगेकोमा सरी भनेका छन्। पन्तले आफ्नो आशय कोमल वलीलाई चोट पुर्याउने नभएको बताए।
ुमेरा शब्दले उहाँलाई चोट पुर्याएको छ भने म साँच्चै दुस्खी छु। यो मेरो मनैदेखिको दुस्ख व्यक्त गराई हो। सरी, मेरो आशय त्यस्तो थिएन,ु पन्तले भने, ुमैले सन्दर्भवश उहाँको गीतलाई जोड्न खोजेको थिएँ। शब्दहरू यताउता पर्दा मेरो अभिव्यक्तिले उहाँप्रति चोट पुग्न गएको छ भने त्यसप्रति म ज्यादै दुखित छु।ु
पन्तले आफू महिला समानताका लागि सधैं आवाज उठाउने गरेको बताए। मिडियाहरूले पनि विषयलाई बङ्ग्याएर विवादित पार्ने ढंगले त्यसलाई अगाडि सार्नु हुँदैन। म महिला समानताको पक्षमा आवाज उठाउँदै आएको मान्छे हुँ, पन्तले भने, ुउहाँले मलाई निकै नमीठो शब्द निच भनेर गाली गर्नुभएको छ। ती शब्दप्रति म जान चाहन्नँ। उहाँलाई चोट परेको र फिल भएका कारण त्यस्तो अभिव्यक्ति आएको हुनसक्छ। म सम्पूर्ण महिलाप्रति सम्मान भाव राख्ने मान्छे हुँ।
उनले महिला राजनीतिमा अगाडि बढेको आफूले हेर्न चाहेको बताए।
महिलाहरू राजनीतिमा अगाडि बढ्नुहोस्। थुप्रै महिला राजनीतिमा छन् तर आफू वरपर आउने मान्छेलाई टिपेर अगाडि बढाउने प्रवृति बलवान् हुन थाल्यो भन्ने सन्दर्भमा मात्र मेरो टिप्पणी थियो, पन्तले भने।