• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाजुरामा एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

धनगढी, फाल्गुन १३/ बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् ।

सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरुले ज्याला नपाएका हुन् । विद्यालयको पर्खाल निर्माणका लागि आएको रकम नगरपालिकाले भुक्तानी गरिसक्दा पनि आफूहरुले ज्याला नपाएको मजूदर भीमबहादुर रौलेले बताए । नगरपालिकाको आर्थिक वर्ष २०७६र७७ को आठ लाख रकम बिल अनुसार भुक्तानी गरेको भए पनि काम गर्ने मजदूरले भने ज्याला नपाएको उनको गुनासो छ ।
उपभोक्ता समितिका अध्यक्ष सुशीला रौलेले रकम बुझेर ल्याएको भए पनि आफूलाई ज्याला नदिएको अर्का मजदूर अमृत देउवाको भनाइ छ । काम गरेको एक वर्षसम्म पनि पर्खाल निर्माण समितिका पदाधिकारीले सरकारी दर रेटअनुसार नदिएको ज्यालामा विवाद आएको छ । उनीहरुले काम गरेको भए पनि श्रमको ज्याला पाउन सकेका छैनन् । पटकपटक पर्खाल निर्माण समितिसँग काम गरेको ज्याला माग्दा थोरै रकम दिने र सरकारी दररेटको रकम नदिने मजदूर देउवाले रासससँग दुखेसो पोखे । उनले पर्खाल निर्माणको ज्याला नपाएको भन्दै बूढीगङ्गा नगरपालिकाको न्यायिक समितिमा उजूरी गरेको भए पनि कुनै सुनुवाइ नभएको पनि बताए ।

नगरपालिकामा दिएको उजूरी न्यायिक समितिका संयोजक तथा नगरपालिकाका उप प्रमुख तारा खातीले वडामै मिलाउन भनेर उजूरी फिर्ता गरेको देउवाको छ । विद्यालयको पर्खाल निर्माण समितिका अध्यक्ष तथा पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला रौलेले पर्खाल निर्माण उद्घाटनका बेला तत्कालीन प्रधानाध्यापक रामबहादुर रावलले सरकारी दररेटका कुरा उठाएकाले मजदूरले पनि सोही दररेटमा ज्याला पाउनुपर्ने माग राख्दै काम गरेको रकम बुझ्न नमानेको बताए ।
नगरपालिकाको प्राविधिकले बनाएको इष्टमेट अनुसार काम नभएकाले सम्झौता भए अनुसारको रु ८ लाख भुक्तानी नभएकाले प्रतिव्यक्ति रु ३५० का दरले दिने सहमति भएको र केही व्यक्तिले सो रकममा सहमति नजनाएकाले उनीहरुले एक महिनादेखि ज्याला नलिएको उहाँले स्वीकार गरे । पटकपटक ज्याला बुझ्न बोलाउँदा र छलफल गर्दा समेत सरकारी दररेट ९५० का दरले काम गरेको रकम पाउनुपर्ने मजदूरले अडान लिएपछि ज्याला दिन नसकेको अध्यक्ष रौलेको भनाइ छ । उहाँका अनुसार ज्याला नलिनेमा २१ मजदूर छन् । तीमध्ये वीरसिङ्गे रौले, भीमबहादुर रौले, राजेन्द्र रौले, बलबहादुर रौले चन्द्रबहादुर रौलेलगायतका छन् ।

यस्तै ज्याला नपाउनेमा चक्र शाह, उद्धव रौले, भरत रौले, प्रकाश रौले, प्रेमबहादुर रौले, अमृत देउवा, चन्द्रदेव जैशी र मोतिलाल जैशी छन् । यता बूढीगङ्गा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक खातीले ज्याला नपाएको उजूरी न्यायिक समितिमा नआएको बताए। उनले उजूरी न्यायिक समितिमा नआएकाले ज्याला पाए नपाएको विषयमा खोज्दै हिँड्न नहुने बताउँदै उजूरी आएमा छलफल गरेर मजदूरलाई ज्याला उपलब्ध गराइदिएर न्याय दिने बताए । रासस

बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.