• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पत्रकारसँग २५ रूपैयाँ घुस माग्ने कर्मचारी …..

लेखकः फणीन्द्र फुयाल ‘ज्वाला’

काठमाडौँ: जापानमा बस्ने आफन्तका लागि हुलाकमार्फत सामान पठाउन गत भदौमा काठमाडौँको सुन्धारास्थित गोश्वारा हुलाक कार्यालय पुगेको थिएँ ।भन्सार तिर्नुपर्ने रहेछ । भन्सार कार्यालय पनि हुलाककै हाताभित्र एक के.जी सामानको एक हजार नौ सय रुपैयाँ तिरेँ र बिल काटेँ ।

सामानमा लाहा छाप हान्ने एक जना मोटो ज्यान भएका व्यक्ति छेउमा मैनबत्ती बालेर बसेका थिए । उनी सामान प्याकिङ गरेको पोकाको बाहिरी भागमा लाहा छाप हान्दै रु. २५ रुपैयाँ माग्दै थिए । मैले हेरिरहेको थिएँ, उनी सबैसँग लाहा छाप हान्दै पैसा माग्थे, अरूचाहिँ खुरुखुरु आज्ञाकारी भएर पैसा दिन्थे । केही समयमा मेरो सामानको पोकोमा लाहा छाप हान्ने बेला आयो । ती व्यक्तिले छाप मारे र मसँग पनि २५ रुपैयाँ मागे ।

मैले भनेँ, मलाई २५ रुपैयाँको बिल काटेर दिनुहोस् अनि मात्र पैसा दिन्छु नत्रभने भित्र गएर हाकिमसँग कुरा गर्छु । मलाई थाहा थियो– उनले पैसा आफूखुसी लिइरहेका थिए । मैले फेरि भनेँ, सामान जोखेर पटाएबापत लाग्ने दस्तुर १९ सयको बिल काटेको छु, फेरि २५ रुपैयाँ किन ? मलाई २५ रुपैयाँको बिल दिने भए मात्र पैसा दिन्छु नत्र यो तपाईँले मसँग मागेको घुस हो, म दिन्न । उनी त्यसपछि अकमक्क न बक्क भए र एकैछिनमा तपाईँको पैसा चाहिँदैन जानुस् भने ।

मैले वरिपरि बस्ने सबै सामान पठाउने मानिसहरूलाई यी भन्सारका कर्मचारीले घुस मागेका हुन् तपाईँहरू कसैले सामानको पोकोमा लाहा छाप लगाएको पैसा नदिनु, दिनै परे २५ रुपैयाँको बिल काटेर मात्र दिनु भनेँ । करिब एक घण्टासम्म उनको निगरानी गरिरहेँ । म बसुञ्जेल उनले अरू कसैसँग पैसा लिएनन् मात्र पोकोमा लाहा छाप लगाउँदै पठाउँदै गरिरहे । ती कर्मचारीसँग नाम सोधेँ र आफू पत्रकार भएको अवगत गराएँ । उनले आफ्नो नाम राम भएको बताए तर थर बताएनन् । छेवैमा रहेका अर्का कर्मचारीले रिसाएर भने, यो देशमा किलोका किलो सुन एयरपोर्टबाट ओसार्नेलाई केही गर्न नसक्ने, हामीले २५ रुपैयाँ लिएकोमा यत्रो विरोध ? उनको आशय थियो– कर्मचारीलाई थोरै रुपैयाँ लिनचाहिँ छुट हुनुपर्छ । त्यसपछि भन्सारको ३१ नं कोठामा पुगेर आफूले भोगेको कुरा त्यहाँको एक जना महिला कर्मचारी (सायद हाकिम) लाई सुनाएँ । उनीसँग ती कर्मचारीको पूरा नाम र वतन मागेँ तर उनले दिन चाहिनन् । नाम सोधेँ तर नाम पनि बताउन चाहिनन् । भन्सारका अन्य कर्मचारीसँग र हुलाकका कर्मचारी पनि मैले ती लाहा छाप लगाउने कर्मचारीको पूरा नाम, तह सबै सोधेँ तर कसैले थप जानकारी दिन चाहेनन् । तिनै कर्मचारी चार बजेपछि कार्यालय परिसरमै चुरोटको धुवाँ उडाउँदै बसिरहेका थिए ।

सायद उनको ‘मुड अफ’थियो त्यो दिन । लाग्थ्यो, सरकारी अड्डा र सार्वजनिक स्थानमा धुमपान गर्न पाइँदैन भन्ने कानुनलाई उनले चुरोटको धुवाँसँगै उडाइरहेका थिए ! मलाई एकोहोरो हेरिरहे, म भने उनलाई नदेखेझैँ गरी फटाफट बाहिरिएँ । एक जना महिला कर्मचारीले ती कर्मचारी रिटायर्ड हुनै लागेको र उनले गल्ती गरेको बताइन् अनि उनका बारेमा केही समाचार प्रकाशन नगरिदिन साँझ ०१४२४०९६४ नं. बाट कल गरिन् ।

पत्रकारिता के हो भन्ने विषयमा मलाई सिकाउने कोसिस पनि गरिन् । मैले उनलाई आफू यही पेसामा एक दशकभन्दा लामो समयदेखि सक्रिय रहेको र यही विषयमा एमए गरेको हुनाले मलाई धेरै नसिकाउन आग्रह गरेँ र फोन राखिदिएँ ।मलाई यस्तो लाग्यो कि गोश्वारा हुलाक सुन्धाराको भन्सार र हुलाकका कर्मचारीको सेवाग्राहीसँग पैसा असुली गर्ने सेटिङ छ र त गलत कामका विरुद्ध कोही बोल्दैनन् । सूचना माग्दा पनि लुकाउँछन् ।

राष्ट्रिय सूचना आयोगका आयुक्तहरू देशभरका सरकारी कार्यालयका कर्मचारीलाई आफ्नो कार्यालयको सूचना प्रवाह गर्न तालिम, गोष्ठी र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै हिँडेका छन् तर यो कार्यालयका प्रमुख लगायतका कर्मचारीहरूलाई सूचना प्रवाह गर्न कसले सिकाउने ? सुशासन कायम गर्न कसले सिकाउने ? देशको प्रमुख राजधानीमै यस्तो खुलमखुल्ला घुस माग्ने प्रचलन र सूचना लुकाउने कुप्रथा छ भने हामी सङ्घीय गणतान्त्रिक मुलुक र सरकारसँग कस्तो अपेक्षा गर्न सक्छौँ ?
(यो लेख प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिताको २०७५ चैत अ‌ंकमा प्रकाशित छ)

 

शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीका ग्रामीण कच्ची सडकमा राति गाडी चलाउन रोक
असार १५ मा हिलो खेल्ने बढे, खेती गर्ने घटे
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्यानल बनाउन नपाइने

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.