धनगढी, फाल्गुन ११/ महान्याधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले महान्याधिवक्ता पदबाट आइतबार राजीनामा दिएका हुन् । तर उनको राजीनामा स्वीकृत हुन भने बाँकी छ ।
आगामी निर्वाचनमा झापाबाट चुनाव लड्नका लागि तयारी गर्ने भन्दै खरेलले राजीनामा दिएको उनी निकट स्रोतले बतायो । यद्पी उनले अदालतको फैसला आएसँगै राजीनामा दिने बताएका थिए । उनको यो राजीनामासँगै अदालतको फैसलाको पूर्वअनुमान गर्न सकिन्छ ।
प्रतिनिधि सभा पुनस्स्थापना सम्बन्धि मुद्धामा सरकारको बचाउ गर्न नसकेको भन्दै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली महान्याधिवक्ता खरेलसँग असन्तुष्टि थिए । कामचलाउ प्रधानमन्त्री ओलीले खरेललाई पटक(पटक बोलाएर असन्तुष्टि व्यक्त गरेका थिए । त्योसँगै खरेलले राजीनामा दिएको बालुवाटार स्रोतले पुष्टि गर्यो ।
ुप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा आफ्नो पक्षको बचाउ व्यवस्थित ढंगले गर्न नसकेको भन्दै खरेलसँग धेरै असन्तुष्टि भएर राजीनामा माग्नु भएको थियोु स्रोतले भन्यो । खरेललाई इकागजले पटकपटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते नियुक्त गरेकी थिइन् ।
