धनगढी, ७ फागुन/ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरि जनाएका छन्।
संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ख बमोजिम उनलाई पदमुक्त गरिएकोे हो।
परियार तत्कालीन नेकपा माओवादीका नेता हुन्। वि।सं। २०६४ सालको संविधानसभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित भएका थिए।
