धनगढी, ६ फागुन/ जिल्ला निर्वाचन कार्यालय कैलालीले पाँचौँ निर्वाचन दिवसको पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।फागुन ७गते पाँचौँ निर्वाचन दिवस रहेको हुँदा त्यसको पूर्व सन्ध्यामा निर्वाचन कार्यालयले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
वैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचन आचार सहित र २०७७ को मसौदा आयोगले तयार गरी कार्यान्वयन चरणमा रहेकाले मसौदाको विषयमा राजनितिकदलका प्रतिनिधिहरू सँग छलफल गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए ।सरोकारवाला,राजनितिदल,सञ्चारकर्मीहरू र सरकारले पालना गर्नुपर्ने आचार सहिताको विषयमा अन्तरक्रिया गरिएको उनले जानकारी दिए ।
छलफलमा उठेका विषयलाई एकित गरेर आयोगमा पठाउने उनले बताए । कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले निर्वाचन भन्नेको लोकतन्त्रको मेरुदण्ड भएकाले नागरिकले आफ्नो सावै अधिकार प्रयोग गरेर आफ्नो प्रतिनिधि छान पाउने अधिकार रहेको बताए ।
आचार संहितालाई सबैले परिपालना गर्नु पर्ने उनले बताए । कार्यक्रममा राजनितिदलका प्रतिनिधि,नेपाल सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,सञ्चारकर्मी लगायत सरोकारवाला गरेर २५ जनाको सहभागिता रहेको थियो ।