धनगढी, ६ फागुन/ धनगढी उप–महानगरपालिका, प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम केन्द्रको साझेदारीमा संचालित धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटले सुदूरपश्चिम अटोमोवाईल्स डिलर्स एसोसिएशन र होटल ब्यावसायी संघ कैलाली संग सहकार्यका लागि सम्झौता गरेको छ ।
बिहीबार धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड, सुदूरपश्चिम अटोमोवाईल्स डिलर्स एसोसिएशनका अध्यक्ष पुष्कर ओझा र होटल ब्यावसायी संघ कैलालीका अध्यक्ष कलम बम बिच साझेदारीपत्रमा हस्ताक्षर भएको हो । धनगढी पोलिटेक्निक इन्ष्टिच्यूट स्थानीयतहले आफै संचालन गरेको काठमाण्डौ उपत्यका बाहिरको पहिलो शिक्षालय हो नगरप्रमुख वडले भने, ‘ त्यसैले यसलाई फरक तरिकाले संचालन गर्न खोजेका छौं ।’ नगरप्रमुख वडले सुदूरपश्चिम अटोमोवाईल्स डिलर्स एसोसिएशन र होटल ब्यावसायी संघ कैलाली संग प्रशिक्षर्थीहरुको प्रयोगात्मक अभ्यास, प्राविधिक जनशक्तिको उपलब्धता, तालिम , सिप तथा प्रविधीको हस्तान्तरण जस्ता बिषयमा सहकार्य हुने बताए ।
सुदूरपश्चिम अटोमोवाईल्स डिलर्स एसोसिएशनका प्रदेश अध्यक्ष पुष्कर ओझाले धनगढी उप–महानगरपालिको संचालन गरेको धनगढी पोलिटेक्निक संग भएको सम्झौतालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बताए । हामी संग अहिले पनि अटोमोवाईल क्षेत्रका प्राविधीकहरुको अभाव छ त्यो यस शिक्षालयबाट उत्पादन हुने आशा राखेका छौं , होटल ब्यावसायी संघ कैलालीका अध्यक्ष कलम बमले निकै महत्वपूर्ण सम्झौता भएको बताए । अध्यक्ष बमले संस्थागत रुपमा भएको सम्झौतालाई कार्यान्वयनमा आजैको मितिबाट कार्यान्वयनमा ल्याउने बताए ।