धनगढी, ५ फागुन
डोटीको जोरायल गाउँपालिका वडा नं ५ निवासी एक दम्पतीले श्रीपञ्चमीको अवसरमा अक्षय कोष स्थापना गरेका छन् ।
गाउँपालिकाको वडा नं ५ खतेडामा रहेको महाकाली माविमा अध्ययनरत उत्कृष्ठ विद्यार्थीहरुलाई प्रोत्साहन पुग्ने गरि स्थानीय जयराज भण्डारी दम्पतीले अक्षय कोष स्थापना गरेको विद्यालका प्रधानाध्यापक ज्ञानी प्रसाद ओझाले बताए । प्रधानाध्यापक ओझाका अनुसार भण्डारीले ससुरा परमधन ओझा र लिलावती ओझाको स्मृतीमा १ लाख रुपियाँको अक्षय कोष स्थापना गरेका हुन । स्वर्गिय ओझा दम्पती जोरायल गाउँपालिका ५ ग्वान गाउँ निवासी हुन ।
समुदायीक स्तरबाट संचालन गरिएको विद्यालयलाई भण्डारी दम्पतीले गरेको सहयोगले राहत पुग्ने छ प्रधानाध्यापक ओझाले भने,‘यस्ता दानविरहरुलाई नमन गर्दछौं’ ।