धनगढी, २५ असोज / सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षको रोकिएको बजेट आज ल्याएको छ । प्रदेश सभा प्रस्तुत भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट अहिले प्रदेश सभा प्रस्तुत भैरहेको छ । आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि तत्कालिन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले २०८३ साल असार १ गते मध्यरात ११ः४५ बज बजेट वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
असारमा तत्कालीन कमबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा समस्या हुँदा पारित हुन नसकेको थिएन ।
पछिल्लो समय एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनमा साउन २९ गते खगराज भट्ट तेृत्वमा सरकार बनेको थियो ।