धनगढी, फाल्गुन ५/ बैतडीको डिलासैनी गाउँपालिका पङ्सेरामा भएको घटनाको विरोध गर्दै कांग्रेस नेता एनपी साउदको गृहजिल्ला कञ्चनपुरमा राँके जुलुस निकालिएको छ ।
मंगलबार कांग्रेसले आयोजना गरेको कार्यक्रम चलिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका कार्यकर्ताको समूहले ढुंगामुडासहित आक्रमण गरेका थिए । उक्त आक्रमणमा नेता साउदसहित १० जना घाइते भएका छन् भने ५ वटा सवारीसाधन तोडफोड भएका छन् ।
कांग्रेसले उक्त घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न र सत्तारुढ दललाई सत्ता उन्माद नदेखाउन चेतावनी दिएको छ । उक्त घटनाको विरोध गर्दै कञ्चनपुरको क्षेत्र नम्बर दुईको कृष्णपुर नगरपालिकास्थित गुलरियामा कांग्रेस महासमिति सदस्य हेमराज ओझाको नेतृत्वमा युवाहरुले राँके जुलुस निकालेकाा हुन् ।