धनगढी, फाल्गुन ४/ बैतडीमा दोहोरो झडप भएको छ । जिल्लाको डिलासैनी गाउपालिका ३ पनसेरामा दुई पक्षबिच झडप भएको हो । पनसेरामा जारी नेपाली काँग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दा झडप सिर्जना भएको नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव बिरबहादुर बिष्टले बताए ।

सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुङ्गा प्रहार गर्दा दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परि ६ जना घाइते भएका छन्। घटना स्थल तनावग्रस्त बनेको छ। अहिले पनि झडप जारी रहेको बिष्टले बताए ।
घटनास्थल तर्फ प्रहरी टोली हिडेको छ। प्रहरी घटना स्थल सम्म पुग्न केही समय लाग्ने जनाइएको छ। पनसेरामा नेपाली काँग्रेसका नेता एनपि साउद, डिला सङ्ग्रौला नैनसिंह महरलगायतको बिरोध सभा कार्यक्रम सन्चालन भइरहेको थियो।
