धनगढी, फाल्गुन ४/ बैतडीमा दोहोरो झडप भएको छ । जिल्लाको डिलासैनी गाउपालिका ३ पनसेरामा दुई पक्षबिच झडप भएको हो ।
घटना स्थल तनावग्रस्त बनेको छ । झडप भएसँगै घटनास्थलमा प्रहरी टोली पुगेको छ । प्रहरी टोलीले झडप रोक्ने प्रयास गरिरहेको बताएको छ।

पनसेरामा जारी नेपाली काँग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दा झडप सिर्जना भएको नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव बिरबहादुर बिष्टले बताए ।
सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुङ्गा प्रहार गर्दा दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परि ६ जना घाइते भएका छन्। अहिले पनि झडप जारी रहेको बिष्टले बताए ।
पनसेरामा नेपाली काँग्रेसका नेता एनपि साउद, डिला सङ्ग्रौला नैनसिंह महरलगायतको बिरोध सभा कार्यक्रम सन्चालन भइरहेको थियो।