धनगढी, फाल्गुन ४/ सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई एकरदुई दिनमै सार्वजनिक गर्ने बताएका छन् । डिआईजी सुवेदीले आफूहरु अपराधीको निकट पुगिसकेकोले एकरदुई दिनभित्रै अपराधीलाई सार्वजनिक गर्ने बताएका हुन् ।
उक्त घट्नाको अनुशन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सुवेदी आँफै खटिएका छन् । उनी १० दिनदेखि बैतडीको खोचलेक प्रहरी चोकीमा छन् । २१ मघमा हराएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ बर्षीया भागरथी २२ गते मृत फेला परेकी थिईन । पोष्टमार्टमपछि उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।