दार्चुला ३ फागुन/ नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा। डिला संग्रौला पन्तले दार्चुला पुगेर नक्सा मात्रै होईन भुमी सहित नेपालमा ल्याउन सरकारलाई चुनौती दिएकी छिन् । नेपालको भुमी लिपुलेक, लिम्पियाधुरा र कालापानीका नक्सामा ल्याएर सस्तो लोकोप्रियता कमाउनु भन्दा केपी सरकारले भुमी फिर्ता ल्याएर सिमाका नागरिकलाई गर्व महसुुस दिलाउन आग्रह गरिनन् ।
नेपाली काँग्रेस दार्चुलाले सोमबार खलंगामा आयोजना गरेको बिरोध साभालाई सम्बोधन गर्दै महिला नेत संग्रौलाले आग्रह गरिन् । उनले सरकारले स्पष्ट भई आफ्नोभुमी सुनिश्चित गर्न आग्रह गरेका छन् । देशका भु भाग र सिमा रक्षाका वारेमा काग्रेंस स्पष्ट रहेको जनाएका छन् ।
केपी शर्मा ओली सरकारले प्रेस स्वतन्त्रता कुण्ठीत गरिरहेको बताए । हामीलाई पानी जहाज र रेल होईन स्वास्थ्य, शिक्षा, बाटोघाटो र जनताको सार्वभौमसत्ताको संरक्षण चाहियो भनेर सामाजिक सञ्जालमा लेख्दा हतकडी लगाउँने केपी ओली सरकारलाई म भन्न चाहन्छु संग्रौलाले भन्नुभयो, कम्युनिष्टहरु एउटा जंगलमा थिए अर्को नाटक मञ्चन गर्दै थिए दुई वटै कम्युनिष्टको ईतिहास, आदर्श विश्वबाट समाप्त भएको बताए ।