धनगढी, फाल्गुन ३ / कैलालीमा माइक्रोबस दुर्घटना भएको छ। बा ४ ख १५२५ नम्बरको माइक्रोबस जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलरामा दुर्घटना भएको हो।
चालकले आफ्नो साइडमा राखेको मह उठाउने क्रममा माइक्रोबस अनियन्त्रित भइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरतबहादुर शाहले बताए।
नेपालगञ्जबाट महेन्द्रनगरतर्फ गइरहेको उक्त माइक्रोबस दुर्घटनमा परि केही यात्रु घाइते भएका छन् । घटनास्थलमा अहिले प्रहरी पुगेको जनाएको छ ।