धनगढी, फाल्गुन १/ बैतडीमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बिप्लवले जनयुद्ध दिवस मनाएको छ।
जिल्लाभर विप्लवले २६औ जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो। जिल्लाको सिगास गाउँपालिकामा विप्लवले एक कार्यक्रममा साथ दिवस मनाएको छ।
कार्यक्रमले पालिकामा भ्रष्टाचार र अनियमितता बढेको निष्कर्ष निकालेको बैतडीका पार्टी इन्चार्ज सहदेवले बताए। उनले सिगासमा ब्यापक भ्रष्टाचार र अनियमितता भएको यसका विरुद्ध अभियान सन्चालनको तयारीमा आफुहरु रहेको समेत बताए।
कार्यक्रममा अन्य नेता, कार्यकर्ता र जनसमुदायको उपस्थित थियो।