धनगढी, फाल्गुन १/ भागरथी भट्टको हत्या प्रकरणका बिषयमा सत्यतथ्य बुझ्न बैतडी पुगेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले जिल्लास्थित पार्टीका नेताहरुसंग छलफल गरेका छन् । भागरथीको हत्या भएको स्थान दोगडाकेदार जानु अघि शनिबार नेता लेखकले कांग्रेसका नेताहरुसंग छलफल गरेका हुन् ।
आइतबार नेता लेखक दोगडाकेदार जाने कार्यक्रम रहेको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । नेता लेखकले भागरथी हत्याका बिषयमा पार्टीका नेताहरुसंग छलफल गरेको उनले बताए । नेपाली कांग्रेसले भागरथी हत्याका बिषयमा सत्य तथ्य बुझेर पार्टीलाई जानकारी गराउन लेखकलाई खटाएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको १० दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन् ।
