धनगढी, फाल्गुन १/ जनयुद्ध दिवसको अवसरमा कञ्चनपुरका युवा युवतीले अन्तरजातिय विवाह गरेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीका बिरेन्द्र बिसी र बासखेडाकी लक्ष्मी जोशीले दिवसको अवसर पारेर आज काठमाडौँमा विवाह गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितीमा उनिहरुले प्रेरिसडाँडामा अन्तरजातिय विवाह गरेको नेकपा कैलाली जिल्ला कमिटि सदस्य तथा गोदावरी नगर कमिटि सह ईन्चार्ज धर्म कुँवरले बताए।
उनकाअनुसार बिसी नेकपा कञ्चनपुरका जिल्ला कमिटि सदस्य हुन् भने जोशी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जना जातिय परम्परालाई तोड्दै प्रगतिशिल वैवाहिक कार्यक्रम नाम दिएर अन्तरजातिय विवाह गरेका हुन्।
