धनगढी, फाल्गुन १/ बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि नेपाली काँग्रेस निकट महिला संघले सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ।
भागरथीका बलात्कारपछि हत्यामा संलग्नको पहिचान गरि कारवाहीको दायरामा ल्याउन माग सहित महिला संघले नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो।
घेराउ कार्यक्रममा नेपाल महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष एवंम् काँग्रेस नेतृ डिला संग्रौला समेत सहभागी रहेकी छन्।
उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी समेत गरेका छन।
