• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भागरथी हत्या प्रकरण : पत्ता लागेन दोषी, शव सुरक्षित राख्न समस्या

"अनुसन्धानमा प्रहरी, आफन्तको आन्दोलन जारी "

धनगढी, माघ ३०/ दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको नौ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन। माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते लवलेक जंगलमा शव फेला परेको थियो।

प्रहरीले दोषीको नजिकै पुगिसकेको र छिट्टै सार्वजनिक गर्ने बताउँदै आएको छ। घटनाको बृहत् अनुसन्धान र अध्ययनपछि दोषी पत्ता लगाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कल डिटेललगायतबाट आफूहरु दोषीको नजिक पुगिसकेको उनको दाबी छ। ‘विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौं,’ उनले भने, ‘छिट्टै दोषी सार्वजनिक हुन्छ।’

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिए पनि सामूहिक हो वा एकजनाले अपराध गरेको भन्ने पुष्टि हुन सकेको छैन। भागरथीको भजाइनल स्वाब संकलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएका र रिपोर्ट आएपछि मात्रै उक्त कुरा खुल्ने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ। उनले भने, ‘घटनास्थलमा भेटिएका प्रमाणहरु पनि प्रयोगशालामा पठाएका छौं, त्यसबाट थप कुरा थाहा हुन्छ।’

घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ। उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका बरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिकहरु रहेका छन्।

यता, दोषीलाई सार्वजनिक नगरिएको भन्दै भागरथीका आफन्त तथा स्थानीय आन्दोलित भएका छन्। गाउँपालिकामा गठन गरिएको संघर्ष समितिले यसअघि शैक्षिक हड्ताल, चक्काजाम र प्रदर्शन गरेको थियो। जिल्लामा गठन गरिएको संघर्ष समितिले आन्दोलनका कार्यक्रम पनि जारी रहेका छन्।

माघ २६ गते दीप प्रज्ववलन, २७ गते सिट्ठी जुलुस, २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २९ गते सदरमुकाममा प्रदर्शन, ३० गते थाल ठड्याइएको छ। फागुन १ गते घण्टा बजाउने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ। भागरथीको हत्यारा पत्ता नलाग्दासम्म आन्दोलनका कार्यक्रम जारी रहने भागरथी भट्टको न्यायका लागि गठित संघर्ष समितिका सदस्य महेश दत्त भट्टले बताए।

शव परीक्षण सम्पन्न, सुरक्षित राख्न समस्या

घटना भएको नौ दिन बितिसक्दा समेत भागरथीको दाहसंस्कार भएको छैन। शनिबार शव परीक्षण सम्पन्न गरिएको भए पनि आफन्तले शव जिम्मा लिएका छैन। घटनाको सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता नलाग्दासम्म शव जिम्मा नलिने भागरथीका काका शिवराज भट्टले बताए।

आफन्तले जिम्मा नलिँदा जिल्ला अस्पतालमा रहेको शव सुरक्षित राख्न समस्या भएको छ। अस्पतालमा शव सुरक्षित राख्ने ‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले बताए। ‘मर्चरी नहुँदा हाल आइसमा राख्ने गरेका छौं,’ उनले भने, ‘मर्चरी मगाउने पहल गरेका छांै, तर प्रदेशमै छैन।’

आइसमा राखिएको भए पनि शव गन्हाउने भइरहेको डा। जोशीले बताए। उनले भने, ‘आइसलाई दिनदिनै फेर्न गरेका छौं तर लामो समयसम्म राख्न सम्भव छैन, सडिहाल्छ।’

शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.