धनगढी, माघ ३०/ राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले चौथो जित निकालेको छ । उसले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ३–० ले हराएको हो ।
पुलिसको जितमा सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले समान १–१ गोल गरे । खेलको ७ औं मिनेटमा गोल गर्दै सिर्जनाले पुलिसलाई अग्रता दिलाइन् ।
पहिलो हाफमा १ गोल गरेको पुलिसले दोस्रो हाफमा २ गोल थप्यो । ५४ औं मिनेटमा निर्मलाले पुलिसको अग्रता दोब्बर बनाइन् । ८५ औं मिनेटमा रेखाले गोल गर्दा पुलिसले ३–० जित दर्ता गर्यो ।
यो जितसँगै चौथो स्थानमा रहेको पुलिसले ९ खेलबाट १४ अंक जोड्दा पराजित भएको चन्द्रपुरको समान खेलबाट ६ अंक छ ।