काठमाडौं- अजय देवगन र काजोल बलिउडमा लोकप्रिय जोडीमध्येका एक हुन्। यी दुई जोडी अब एकैसाथ फिल्ममा देखिने भएका छन्। रोमान्टिक कमेडी फिल्ममा उनीहरू सँगै देखिने खुलासा भएको छ।
समाचारका अनुसार देवगन परिवार कम्पनीले फिल्मको कथालाई ध्यानमा राख्दै तीनवटा शीर्षक दर्ता गरेको छ। स्क्रिप्टमा अझै काम भइरहेको छ। रिपोर्टका अनुसार, काजोलको जन्मदिनमा अजयसँग समय बिताउन भुज जाँदै गरेको बेलामा फिल्मबारे योजना बनेको हो।
अहिले यसबारे दुवै जना केही बोल्न भने चाहँदैनन्। बलिउड सञ्चारमाध्यमका अनुसार फिल्मको कहानी एक परिपक्व जोडी र उनीहरूको रोमान्स आधारित हुनेछ।