बझाङ, ९ कार्तिक/ बझाङमा साढे ५ किलोभन्दा बढी चरेश सहित एक जना पक्राउ परेका छन्।
आइतबार साँझ बित्थडचिर गाउँपालिका–८ बागथला बजारस्थित जयपृथ्वी राजमार्गमा चेकजाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाइछिपाइ राखिएको ५ किलो ४५० ग्राम कालो चरेशजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्लास्टिकसहित बरामद गरिएको उक्त पदार्थको शुद्ध तौल ५ किलो १९५ ग्राम रहेको छ। प्रहरीले उक्त पदार्थसहित दुर्गाथली गाउँपालिका–५ निवासी ३० वर्षीय कटक जप्रेललाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका जप्रेलमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।