धनगढी, माघ २९/ नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन्। उनलाई महानगरीय अपराध महाशाखाले पाँच घण्टासम्म राखेर बिनाशर्त रिहा गरेको हो।
अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले रामकुमारीलाई उनका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरिएको बताएका छन्। रामकुमारीलाई बिहीबार मध्यान्ह शंखमुलस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो।
रामकुमारीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीबारे अभद्र र अमर्यादित टिप्पणी गरेको आरोप लागेको थियो। उनलाई प्रहरीले घरमै पुगेर राज्यविरुद्धको कसुरको दफा ५८ अन्तर्गत पक्राउ गरेर हिरासतमा लिएको थियो।
