धनगढी, माघ २९/ सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको अपराध महाशाखाको टोली शंखमुलस्थित उनको घरमा पुगेको छ ।
महाशाखाले सोधपुछका लागि झाँक्रीलाई आज कार्यालयमा बोलाएको थियो । राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिका विषयमा सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि उनलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको हो ।
झाँक्रीले गोरखामा भएको विरोध सभामा राष्ट्रपतिमाथि आँच आउने गरी अभिव्यक्ति दिएकी थिइन् । सोही विषयमा सोधपुछका लागि आफैं उपस्थित नभएपछि महाशाखाको चार जनाको टोली झाँक्रीलाई लिन उनको घर पुगेको हो ।
