काठमाडौं, माघ २८/ नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले आफ्नो समूहलाई आधिकारिकता नदिएमा देशमा फेरि आँधीहुरी आउने चेतावनी दिएका छन्। दाहाल(नेपाल समूहद्वारा भृकुटी मण्डपमा आयोजित प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन्।।
‘मलाई यहाँ खबर आएको छ, आज हाम्रो सभामा ५ लाख मानिस आएका छन् भन्ने एसएमएस आएको छु, उनले भने, यो भीड देखेर अब जनताको पक्षमा निर्णय लिन सर्वोच्च अदालतलाई सहज भएको छ। यदि यो जनताको भीड बेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी आउँछ। देशमा फेरि शान्तिपूर्ण क्रान्ति हुन्छ, ग्रिन रिभोल्युसनु हुन्छ।
प्रचण्डले अब केपी ओलीले पश्चताप गर्ने बेला आएको बताए। यो भीड होइन अझै ठूलो भीड हामी उतार्न तयार छौँ। अब हामी सिंहदरबार र बालुवाटार घेर्छौँ’ दाहालले भने, केपीजी अब राजीनामा दिएर पश्चताप गर्नुस्, प्रधानमन्त्री छाडेर एउटा विज्ञप्ति निकालेर गल्ती स्वीकार्नुस्।