धनगढी, माघ २८/ बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका दोषीलाई कारवाहीको माग गरिएको छ । बैतडी समाज कैलालीले एक प्रेस बिज्ञप्ती जारी गर्दै समाजको गम्विर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारवाहीको माग गरेको हो ।
घटना भएको ८ दिन बितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसक्दा अबस्था झन गम्विर भएको बुधवार समाजका सचिव हर्कबहादुर चन्दद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
घटनाको गहन अध्ययन गरी दोषीलाई कानुनी कारवाहीक गर्न र नागरिकको सुरक्षित भएर वाँच्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारसंग बैतडी समाज कैलाली जोडदार माग गर्दछ , बिज्ञप्तीमा भनिएको छ ।
माघ २१ गते बिद्यालय गएकी बैतडीको दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्टको २२ गते स्थानिय सामूदायिक वनमा हत्या गरिएको अबस्थामा शब फेला परेको थियो । पछिल्लो समयमा उक्त घटनालाई लिएर देशका बिभिन्न स्थानमा बिरोध प्रर्दशन सहित दोषीलाई कारवाहीको माग गरिदै आएको छ ।