• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बासुलिङ सुगर मिल पुनः सञ्चालनको तयारी

"भारतीय कम्पनीले १० अर्ब लगानी गर्ने  "

धनगढी, माघ २७/ लामो समयदेखि बन्द रहेको बासुलिङ सुगर एन्ड जनरल इन्डष्ट्रिज लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । मिल पुनःसञ्चालनका लागि भारतीय कम्पनी ग्रेट सेभेन फाइनान्सले लगानी बोर्डमा प्रस्ताव पेस गरेको छ । उखु नपाएपछि २०६२ देखि चिनी मिल बन्द छ ।

भारतीय कम्पनीको प्रस्तावले लामो समयदेखि बन्द रहेको चिनी उद्योग पुनः सञ्चालनमा ल्याउने संभावना बढेको छ । भारतीय कम्पनीले उद्योगको पुनर्संरचना गरी सञ्चालनमा ल्याउने जानकारी लगानी बोर्डलाई गराएको छ । उद्योगको पुनर्संरचना गर्न ९ अर्ब ७९ करोड रुपैयाँ भारतबाट लगानी ल्याउने प्रस्ताव गरेको बोर्ड स्रोतले  बतायो ।

भारतीय कम्पनी ग्रेट सेभेनले मिलको संरचनामा सुधार गरी नयाँ रिफाइनर प्लान्ट राख्नुका साथै यसअघि किसानलाई तिर्नुपर्ने दायित्व र बैंकको ऋणसमेत भुक्तानी गर्ने प्रस्ताव गरेको स्रोतको भनाइ छ । कम्पनीले लगानी स्वीकृतिका लागि बोर्डलाई अनुरोधसमेत गरेको छ । उसले नेपाली किसानहरूबाट उखु किनेर उच्च गुणस्तरको चिनी उत्पादन गरी आन्तरिक बजारका साथै विदेशमा निकासीको योजना बोर्डमा पेस गरेको छ ।

लगानी बोर्डको हालै बसेको ४६ औं बैठकमा सुगर मिलको प्रस्तावका विषयमा छलफल भएको थियो । तर, उद्योगमन्त्री लेखराज भट्टले लगानीको विषयमा थप छलफल गर्नुपर्ने अडान राखेपछि पुनः यस विषयमा अध्ययन गरिने भएको हो । यसअघि उद्योगको प्रस्तावको अध्ययन गर्न बोर्डले एक समितिसमेत गठन गरेको थियो ।

लगानीकर्ताले उद्योग सञ्चालनको मोडालिटी र लगानीको विषयमा प्रस्तुतीकरण गरेपछि पुनः अर्को बोर्ड बैठकमा पेस हुने भएको छ । संभवतः आगामी बोर्ड बैठकबाट चिनी उद्योग सञ्चालनका लागि निर्णय हुने बोर्ड स्रोतको भनाइ छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्दले २०५१ मा वासुलिङा सुगर एन्ड जनरल इन्डष्ट्रिज लिमिटेड कैलालीको चुहामा स्थापना गराएका हुन् । सो उद्योगमा भारतको दि धामपुर सुगर मिल्स लिमिटेड ९डीएसएम० को समेत लगानी थियो । लामो समयदेखि बन्द भएका कारण उद्योगका सबै उपकरणहरू काम नलाग्ने अवस्थामा पुगेको बताइएको छ ।

उद्योगले कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका करिब १ लाख किसानबाट उखु खरिद गर्दै आएको थियो । उद्योगले कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, तत्कालीन नेपाल औद्योगिक विकास निगम, कर्मचारी सञ्चय कोष र नेपाल बैंकबाट गरी कुल ५७ करोड १७ लाख २८ हजार ऋण तथा स्वपँजी इक्विटी २५ करोड ६४ लाख ३४ हजार गरी कुल ८२ करोड ८१ लाख रुपैयाँ लगानी भएको थियो ।

उद्योगले पोर्चुगलसम्म चिनी निर्यात गर्न थालेको थियो । दैनिक २५ हजार क्विन्टल उखु पेल्ने गरेको उद्योगले वार्षिक २ लाख क्विन्टल चिनी उत्पादन गरेको थियो । त्यसबाट उखु किसानहरूले २० करोड रुपैयाँसम्म पाएका थिए ।

त्यसबेला उद्योगले उखुका बिरुवा, मलखाद र जोताइको अग्रिम खर्चसमेत दिएर उत्साहित पारेपछि सुदूरपश्चिमेलीहरू उखु खेतीमा हौसिएका थिए । २०६२ मा माओवादीले उद्योगका कार्यकारी निर्देशक चन्दलाई नै अपहरण गरेको थियो । त्यसपछि उद्योग बन्द हुन पुगेको थियो । बैंकको ऋण नतिरेर कालोसूचीमा परेको वासुलिङाको करिब ४० करोड रुपैयाँ ऋण छुट दिन प्रधानमन्त्री माधवकुमार नेपालले अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए ।

मिलले बैंकहरूबाट लिएको ५७ करोड १७ लाख साँवा र त्यसको १४ वर्षको ब्याज गरी १ अर्ब रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । ०५२ सालमा ऋण लिएदेखि उनले साँवा तथा ब्याज केही पनि तिरेको छैन । साँवा तथा ब्याज नतिरेकाले वासुलिङाकाका कार्यकारी निर्देशक चन्द कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका थिए ।

भारतको उत्तर प्रदेशमा चन्दका आफन्तले चलाएको चिनी मिल उत्तर प्रदेश सरकारले हटाएपछि मेसिन नेपालमा ल्याई सञ्चालन गरिएको थियो ।

सरकार र सञ्चालकबाट मिल पुनः संचालका लागि विगतमा पटक–पटक प्रयासहरु भएका थिए । तर द्वन्द्वको चेपुवामा परेको मिल सञ्चालनमा आउन सकेको थिएन । चौबिसै घण्टा संचालन हुने मिल सशस्त्र द्वन्द्व चरमोत्कर्समा पुगेका बेला सुरक्षाको कारण दिउँसो मात्र सञ्चालन हुन थाल्यो ।

पूर्ण क्षमतामा संचालन नहुँदा घाटामा जानु र सुरक्षाका कारण मिल बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक बताउँछन ।सुरक्षाको कारण भन्दै राजमार्ग छेउछाउमा उखु लगाउन दिइएन । उखु लगाउने किसान घटेपछि कच्चा पदार्थको अभाव भयो ।

 

मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.