धनगढी, माघ २६/ एक बालिका आफ्नै अध्ययरत विद्यालयमा बलात्कार भएकी छिन्। कक्षा १ मा पढ्ने ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा ६ कक्षामा पढ्ने १३ वर्षीय किशोर पक्राउ परेका हुन।
गोरखामा गत मंगलबार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
माघ २० गते अपराह्नतिर घटना घटेको खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए।
गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।