धनगढी, माघ २५/ कैलालीमा कार्यवाहक वडाध्यक्षको कोठामा प्रेमिका मृत अवस्थामा फेला परेकी छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीको कोठामा उनकी प्रेमिका सञ्जिता चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन्। मृतक चौधरीका दाजु रमेश चौधरीले १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी बहिनी आइतबार बिहान उनकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेको बताए।
चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या गरिएको आशंका उनले गरे। ईलाका प्रहरी कार्यालय चौमालाले भने घटनास्थल सिल गरिसकेको छ।
हालै अर्की युवतीसँग विवाह गरेका का. वडाध्यक्ष र उनकी श्रीमती शनिबार रातिदेखि नै सम्पर्कविहीन भएको स्थानीयले बताएका छन्।
उक्त वडाका अध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोना भाइरसका कारण मृत्यु भएको थियो। त्यसपछि चौधरीलाई कार्यवाहक वडाअध्यक्ष दिइएको थियो।