धनगढी, माघ २३/ बैतडीको दोगदाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको छ । दोगडाकेदार गाउपालिका(७ चडेपानी ९कतोला० घर भई गाउँपालिकाको भवन नजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत किशोरी भागरथी भट्टको विद्यालयत्रबाट घर फर्किने बेला बाटोमा पर्ने जंगलमा बलात्कारपछि हत्या भएको हो ।
बुधबार बिहान घरबाट विद्यालय गएकी भागरथी बेलुकी पनि नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी मात्रै घरभन्दा ३ किलोमिटरको दुरीमा रहेको लबलेक सामुदायीक बनमा उनको विभत्स हत्या गरिएको शव फेला परेको थियो ।
उनको शव ईलाका प्रहरी कार्यालय खोचलेक र विद्यालय देखि झण्डै दुई किलोमिटरको दुरीमा घाँटी निमुठिएको, हातमा घारिलो हतियार प्रयोग भएको र बलात्कार गरी आधा शरीर निवस्त्र पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कञ्चनपुरकी निर्मला पन्तको जस्तै निर्मम र विभत्स तरिकाले हत्या भएको थाहा पाएपछि बिहीबार राती नै बैतडीका प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद अधिकारी घटनास्थल पुगेका थिए । घटनास्थल, जिल्ला सदरमुकाम गोठलापानीबाट मोटरमा झण्डै डेढ घण्टामा पुगिन्छ ।
किशोरीको हत्या भएको थाहा पाएपछि, बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली पनि शुक्रबार विहान घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी जोशीले किशोरीको बलात्कार पछि हत्या भएको अनुमान गरिएको बताए ।
फरेन्सिक टीम बोलाइएको छ, शवलाई घटना मुचुल्का गरी जिल्ला अस्पताल लगिएको छ, त्यहाँ चिकित्सहरुको टोलीले पोस्टमार्टम गरेपछि मात्रै विस्तृतमा भन्न सकिन्छ, प्रमुख जिल्ला अधिकारी जोशीले भने ।
प्रमुख जिल्ला अधिकारी जोशीले, किशोरीको बलात्कारपछि हत्यामा संलग्न छिट्टै पत्ता लाग्ने र उनीहरुलाई कानुनी दायरामा ल्याउने बताए । प्रहरीले घटनास्थलमा ब्याट्री झिकेर फालिएको अवस्थामा मोबाइल फेला पारेको छ । मोबाइलका सूचना केलाउने कार्य पनि प्रहरीले गरिरहेको छ ।
किशोरीको बलात्कारपछि हत्या भएको खबर पाएपछि, प्रदेश सरकारको तर्फबाट संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी जनक पाण्डेसहितको टोली घटनास्थल गएको छ । धनगढीबाट तालिम प्राप्त कुकुर पनि घटनास्थल लगिएका छन् ।
खोचलेक-चडेपानी कच्ची सडकको लवलेक ९स्थानीय भाषमा लडालेकको विच जंगलमा सडक आसपासमा बलात्कार गरेपछि, घिसारेर सडकदेखि ५०र६० मिटर तल झाडिमा शव फालिएको फेला परेको मृतक बालिकाका दाइ नाता पर्ने स्थानीय शिवराज भट्टले बताए ।
विद्यार्थी आन्दोलित
विद्यालय नजिकैको जंगलमा बलात्कार पछि हत्या भएको बन्दै सनातन धर्म माविका विद्यार्थीहरुले शुक्रबार खोचलेकमा प्रदर्शन गरी अपराधीलाई अविलम्ब पत्ता लगाउन माग गरेका छन् ।
विद्यालयबाट निस्केर ईलाका प्रहरी कार्यालय नजिकै रहेको खोचलेक बजारमा विद्यार्थीले प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि बहानामा बलात्कार पछि हत्यामा संलग्नको खोजिमा लापरवाही नगर्न चेतावनी दिएका छन् ।