धनगढी, माघ १७/ नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका सुदूरपश्चिम सहईञ्चार्ज खगराज भट्टले सिंहदरवारमा बसेको शासक बहुलाएको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भट्टले बहुलाएको शासनले संबिधानलाई टोकिरहेको बताए ।
सह ईञ्चार्ज भट्टले केपी ओलीलाई अरिगांगको संज्ञा दिदै अरिगांलले टोक्ने मात्र काम गर्ने भएकोले अरिगांललाई परास्त गर्नुपर्ने बताए ।