धनगढी, माघ १७/ नेकपा दाहाल–नेपाल पक्षका नेता स्थायी कमिटी सदस्य डा भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केटोको संज्ञा दिएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा विघटनका विरुद्धमा बोल्दै रावलले भने, ‘बालुवाटार बसेको केटो सुन्नुस्, प्रतिगमनविरुद्ध जनता जागिसक्यो ।’ पार्टीले ठूलो मेहनतका साथ प्रधानमन्त्रीको बिल्ला भिराएको सम्झँदै रावलले ओलीले असंवैधानिक बाटो समातेको प्रति दुःख व्यक्त गरे ।
पाँच वर्षसम्म मुलुकको रक्षार्थ गर्ने बाचा गरेको नेकपालाई प्रधानमन्त्री ओलीले विसर्जन गर्न खोजेकाले त्यसका विरुद्ध सबै जनता उभिनुपर्ने रावलको तर्क छ । ओलीले राष्ट्रघाती सम्झौता गर्ने समयमा प्रतिवाद गरेको रावलले स्वीकारे ।
७० करोडको घोटाला गरेको व्यक्तिलाई ओलीले बचाए । पछिल्लो समय इन्टरनेश्नल ट्रान्सपरेन्सीले पनि मुलुकमा भ्रष्टाचार बढाएको तथ्यांक सार्वजनिक गरिरहँदा ओलीले कलंकको टीका लगाएको रावलको भनाइ छ ।