कैलालीको गोदावरीमा गाडी र अटो रिक्सा ठोक्किएर भएको दुर्घटना एक महिला घाइते भएका छन् । घाइते हुनेमा बाजुराको बुढीगंगा नगरपालिका १० की ३० बर्सिया जुनु साउद रहेको प्रहरीले जनाएको छ ।
उनको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने हरैया चोकमा से १ ह २११६ नम्बरको अटो रिक्सा र भे १ ख २७९८ नम्बरको फोर्स गाडी एक आपसमा ठोक्किएका हुन । अटो रिक्सा र फोर्स गाडी सहित चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।