कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले अनुदानमा बायो स्ट्यान्ड फिल्टर वितरण गरेको छ । वडाको ७५ प्रतिशत अनुदानमा २१ वटा फिल्टर वितरण गरिएको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए ।
आवश्यकता धेरै भए पनि भुगोल, आर्सेनीकयुक्त पानी तथा विपन्नताको आधारमा छनौट गरी फिल्टर वितरण गरेको उनको भनाई छ । हाल सम्म आर्सेनीक युक्त पानी प्रयोग गरिरहेका स्थानीहरूले आर्सेनीक रहित पानी प्रयोग गर्न पाउने भन्दै खुसी व्यक्त गरेका छन् । शुद्ध खानेपानी वितरणको लागि आयोजना समेत निर्माण भइरहेको र आवश्यकताका आधारमा फिल्टर समेत वितरण गर्दै जाने वडा कार्यकालको भनाई छ ।