• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कष्णपुरका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै

धनगढी, माघ १४/ कञ्चनपुरको कृष्णपुर नगरपालिकाका किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सरकारी तथा गैर–सरकारी संघ संस्थाको अनुदान तथा प्राविधिक सहयोग पाएपछि स्थानीय किसान व्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले कृष्णपुर नगरपापालिका सात वडामा व्यवसायिक तरकारी खेतीका लागि कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत स्थानीय किसानलाई अनुदानमा बिउ बिजन वितरण, तालिम र कृषी सामग्री समेत उपलब्ध गराएको छ । सहकारीले किसान–२ परियोजनासँगको साझेदारीमा दुई हजार ४०० शेयर सदस्यलाई लक्षित गरिका कार्यक्रम सञ्चालन भइरहेको हो ।

कष्णपुर नगरपालिका–६ बलुवाफाँटाका पतिराम चौधरीले डेढ विघा क्षेत्रफलमा तरकारी खेती गरेका छन् । पहिलेदेखि नै तरकारी खेती गर्दै आएका चौधरी अहिले सहकारी लगायतका साझेदार संस्थाहरुको प्राविधिक सहयोग पाएपछि व्यवसायिक रुपमा तरकारी खेतीका लागेका छन् । ‘अहिले व्यवसायिक रुपमै तरकारी खेती गरिरहेको छु ।’

स्थानीय किसान चौधरीले भने ‘सिजनको समयमा बजारको समस्या छ, वर्षीक ५ देखी ६ लाखसम्म आम्दानी हुन्छ, त्यसैबाट घर खर्च चलेको छ ।’ सामान्य रुपमा तरकारी खेती गर्दै आएका स्थानीय अहिले लिजमा जमिन लिएर पनि व्यवसायिक तरकारी खेतीमा लागेका छन् ।

कृष्णपुर नगरपालिका–६ बलुवाफाँटाका हरिराम चौधरीे त्यहाँका अग्रज किसान हुन् । उनले करीब अढाई विघामा तरकारी खेती गरेका छन् । पहिलेदेखि नै तरकारी खेती गरिरहेका चौधरी पछिल्लो सयम सहकारीको प्राविधिक सहयोग पाएपछि उत्साहित भएर व्यवसायिक तरकारी खेतीमा लागेका छन् । सहकारीबाट ५० प्रतिशत अनुदानमा बिउ र अन्य प्राविधिक सहयोग पाएको बताउँदै स्थानीय अग्रज किसान चौधरीले भने ‘तरकारीबाट वार्षिक १० देखि १२ लाखसम्म आम्दानी हुन्छ, सिजनमा बजारीकरण समस्या छ, यसलाई सरकारी निकायबाट व्यवस्थापन गर्नुपर्छ ।’

सहकारीका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर चन्दले सहकारीका सदस्यको आर्थिक स्तर उकास्नका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार कृष्णपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र ८ वडामा सञ्चालन भईरहेको उक्त कार्यक्रममार्फत ८० ओटा तरकारीको नर्सरी व्यवस्थापन गरिएको छ ।

त्यस्तै, मसुरो खेती व्यवस्थापन १६ ओटा, हिउँदे मकै व्यवस्थापन १०, धनाको पोष्ट हारभेष्ट ५० र तरकारी पोष्ट हारभेष्ट १५ ओटा सञ्चालन गरिएको छ । त्यस्तै, सहरकारीले उक्त कार्यक्रममार्फत हिउँदे तरकारी, मेसिनबाट मसुरो र मकै खेती, हाई प्लाष्टीक टर्नेल प्रदर्शनी गरेको छ भने ५ ओटा पावर डिलर, ३ ओटा धान चुट्ने मेसिन किसानलाई हस्तान्तरण गरेको छ ।

सिँचाईका लागि ३ ओटा स्यालो टुयुब्ल जडान गरेको सहकारी प्रमुख कार्यकारी अधिकृत चन्दको भनाइ छ । कार्यक्रमार्फत ठूलो संख्यामा व्यवसायिक किसान उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

सहकारीको सहयोगमा भईरहेको व्यवसायिक कृषी खेतीको सोमवार स्थलगत अनुगमन समेत गरिएको छ । कृषी ज्ञान केन्द्र कञ्चनपुर र सहकारीको तर्फबाट संयुक्त रुपमा तरकारी खेतीको अनुगमन गरिएको हो । अनुगमनमा कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल र उप प्रमुख रमिता राना र किसान–२ परियोजनाका जिल्ला संयोजक अनुप बम लगायतको उपस्थिति रहेको थियो ।

नगर प्रमुख हमालले कष्णपुर देशकै उत्कृष्ट व्यवसायि तहकारी खेती भएको नगरपालिकाको रुपमा स्थापित हुँदै भईरहेको बताए । उनले नगरपालिका र अन्य साझेदार सस्थाहरुसँगको सहकार्यमा स्थानीय किसानलाई व्यवसायिक रुपमा लाग्न आकर्षित गरिएको बताए ।

नगरपालिकाले कृषी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै नगर प्रमुख हमालले भने ‘नगरपालिकाले कृषीको विकास र व्यवसायिकताका लागि डेढ करोड बजेट विनियोजन गरेका छौँ, अहिले बिउ बिजन, कृषी उपकरण अनुदानसँगै बजारीकरणका लागि संकलन केन्द्र र तरकारी हाट बजार सञ्चालनका लागि संरचना निर्माण कार्य अगाडी बढेको छ ।’

साथै, उनले कृषी क्षेत्रका विकासले मात्रै आर्थिक उन्नति हुने उल्लेख गर्दै साझेदारी संस्थाहरुको सहयोगले कृषीको व्यवसायितामा थप टेवा पुगेका बताए । त्यस्तै ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले कृषी उत्पादनलाई व्यवसायिक रुपमा अगाडी बढाउन केन्द्रले कृषी यान्त्रिकरणमा सहयोग गर्ने बताए ।

बुधबार, माघ १४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.