• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

ओलीले दाहाललाई भने : सिङ फुक्लिसकेको तिल्के गोरुको फाँ, फू

"ज्येष्ठ अधिवक्ताको अपमान हुनेगरी केही नभनेको तर्क "

काठमाडौं, माघ १२/ ​प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भलो नचाहने केही स्वार्थीरूले पार्टी छाडेर जाँदैमा केही फरक नपर्ने बताएका छन्।

उनले भने, केही मान्छे निस्केका छन्, पिलो निचोर्दैमा ओजन घटेको हुन्न।

जनताको भलो नचाहने आफ्नो स्वार्थमा लाग्नेहरूलाई कुलंगार बताउँदै उनले पार्टी छाडेकाहरू पार्टीको बैठकमा नआएर निर्वाचनमा आएका पनि बताए। उनले भने, निर्वाचन आयोगमा गएर हामी छँदैछौं हामीलाई आधिकारिकता दे भनेछन्।

दाङको देउखुरीमा पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले आयोजित कार्यकर्ता भेलामा भने, म जालझेल गरेर आएको होइन। म दुई पटक हारेपछि प्रधानमन्त्री भएको होइन। अध्यक्ष हारेपछि महिला अध्यक्ष चाहियो भन्ने पनि होइन।

आफ्नो उद्देश्य भनेको देश र जनताको पक्षमा काम गर्ने भएकाले फेरि अस्थिरता मच्चाउन खोज्ने, पार्टी फुटाएर अरुसँग सहकार्य गरेर सरकार निर्माण गरेर स्थायित्व गर्ने, काम गर्न खोज्दा खुट्टा ताने, काम नै गर्न नदिएपछि जनताले दण्डित गर्ने बताए।

प्रचण्ड–माधव पक्षलाई कटाक्ष गर्नै उनले भने, अब यस्ता तत्व झुक्किएर पनि आउन पाउँदैनन्। त्यो जनताको हातमा छ। आत्तिएर निर्वाचन किन नगर्न भनेछन्। कसैले यहाँ अस्थिरता चाहेको छैन।

अर्का समूहका अध्यक्ष पुष्पकमल दाहालले घोषणा गरेको शाकाहारी आन्दोलन के होरु भनी उनले प्रश्नसमेत गरे। बाघजस्तो झम्ट भनेर कसलाई भनेकोरु हिंसा खोजेको छैन रे, कसलाई भनेको रु उनले प्रश्न गरे।

प्रचण्ड–माधव समूहलाई गिज्याउँदै ओलीले भने, यिनीहरूको फाँफाफुफुले केही हुँदैन। यिनीहरु सिंङ फुस्किएका गोरुजस्तै हुन्। संवैधानिक रुपमा नै संसद विघटन गरेका छौँ। नयाँ जनादेशका लागि हामीले यो निर्णय गरेका हौँ।

मुद्दाको लस्कर हेर्दा राजनीतिभन्दा झगडा गर्न खोजेजस्तो मात्रै देखिएको भन्दै स्वतन्त्र अदालतलाई विश्वास गर्न आग्रह उनले आग्रह पनि गरे। ज्येष्ठ अधिवक्तालाई आफूले नराम्रो केही नभनेको भन्दै आफूलाई मानहानिको मुद्दा हालेकोप्रति उनले कटाक्षसमेत गरे।

उनले भने, हो राजनीतिक गर्छु, तर स्वतन्त्र। म मेरा मात्रै होइन देश र जनताको पक्षमा काम गर्छु। सबैलाई अगाडि बढाउन चाहन्छु। त्यसैले उहाँहरुको ताल र मेरो ताल मिलेन।

उनले प्रचण्डप्रति अझ कडा शब्दमा भने, हामी राष्टिय गान बजाउँछौं। तर, उहाँ ढ्यांग्रो ठोक्नुहुन्छ। हामीले पार्टी फुटाएका छैनौैँ। उहाँहरुलाई हटाएका छैनौँ। जसले उहाँहरुलाई राजनीति गर्न सिकायो, उसैलाई अध्यक्षबाट हटाइयो रे। संसदलाई जनताको साँचो प्रतिनिधिहरुको थलो बनाउनुपर्छ। रंगीबिरंगी झाँकी देखाएको होइन।

सोमबार, माघ १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.