धनगढी,१० माघ । रेडियाेकर्मि चक्र कुँवरले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन।लामाे समय देखि डाेटीमा रेडियाे क्षेत्रमा कार्यरत पत्रकार कुँवरले अवार्ड प्राप्त गरेका हुन् ।
वुमेन्स एरा एण्ड मिडियाे ग्रुप नेपालले शनिवार राजधानि काठमाण्डाैमा आयाेजना गरेकाे हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा पत्रकार चक्र कुँवरले कुसल रेडियाे कार्यक्रम प्रस्ताेताकाे अवार्ड हात पारेको आयोजक संस्थाका काेर्डनेटर गिता अधिकारिले जानकारि दिए।
अवार्ड प्राप्तिले आफु निकै खुसि र प्रेरणादायी भयकाे कुँवरले वतायका छन् । कुँवर डाेटीमा एफ एम रेडियाे पत्रकारिताकाे स्थापनाकाल देखि कार्यरत थिए। पत्रकार कुँवर रेडियाे डाेटीकाे प्रवन्ध निर्देशक हुन भने नेपाल प्रेस युनियन डाेटीकाे उपाध्यक्ष समेत रहेका छन ।