धनगढी, १० माघ
धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले प्राविधीक शिक्षा धनगढी उप–महानगरपालिकाको प्राथमिकतामा रहेको बताएका छन् ।
शनिवार उप–महानगरपालिकाले संचालन गरेको धनगढी पोलिटेक्निकल इन्ष्टिच्यूट दोश्रो सेमेष्टरका विद्यार्थीहरुले नयाँ विद्यार्थीहरुका लागि आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । सस्तोमा प्राविधिक शिक्षा पठनपाठन गराउनका लागि उप–महानगरपालिकाले बहुप्राविधिक शिक्षालय संचालन गरेको छ नगरप्रमुख नगरप्रमुख वडले भने, बिस्तारै अन्य ट्रेडहरु थप गरिने छन् । अहिले अटोमोवाईल ईन्जिनियरिङ्ग र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन सुरु गरेको नगरप्रमुखले बताए ।
उप–महानगरपालिका क्षेत्रका आधादर्जन भन्दा बढी सरकारी विद्यालयहरुमा प्राविधीक तथा ब्यावसायीक शिक्षाको पठनपाठन सुरु गरेको नगरप्रमुखले जानकारी दिए । नगरलाई प्राविधिक शिक्षाको हब बनाउन लागिरहेका छौं नगरप्रमुख वडले भने, उप– नगरपालिकाले आफनै प्राविधिक शिक्षालय सञ्चालन गरेको छ भने सात वटा विद्यालयमा प्राविधिक धारतर्फका कार्यक्रम सञ्चालन छन् । उप–महानगरपालिकाले धनगढीको पञ्चोदय मावि फुलवारी, राष्ट्रिय तुलसीराम मावि उत्तरबेहडी, पञ्चेदय मावि धनगढी, सरस्वती मावि मनहेरा, सारदा मावि बैयाबेहडी, धनगढी नमुना प्राविधिक विद्यालय , बेहडाबाबा माविमा गरि सात वटा विद्यालयमा बिभिन्न बिषयमा प्राविधीक विषयको पठनपाठन हुने गरेको छ ।

आगामी वर्ष थप अन्य विद्यालयमा पनि प्राविधिक कक्ष सञ्चालन गर्न पहल गरिने छ नगरप्रमुख वडले भने, यहाँको माग र आवश्यकताका आधारमा प्राविधिक शिक्षा विस्तार गरिने छ । ‘वडा नम्बर १४ देखि १९ वडा कृषिमा बढी आत्मनिर्भर भएकाले यी क्षेत्रलाई लक्षित बाली विज्ञान तथा पशुपालन कक्षाको पठन पाठन गरिनुपर्छ भनेर जोड दिइरहेका छौं’ उनले भने–यस्तै शहरीकरण भएका क्षेत्रमा सिभिल इन्जिनियर, कृषि, अटोमोबाइल्स, होटल म्यानेजमेन्ट जस्ता शिक्षा विस्तार गरिरहेका छौं ।

आफै प्राविधिक शिक्षा पढाउनका लागि बहुप्राविधिक शिक्षालय संचालन गरेर धनगढी उप–महानगरपालिकाले उदारणिय काम गरेको छ , प्राविधिक शिक्षा तथा ब्यावसायीक तालिम परिषद सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका निर्देशक कुश्माकर भट्टले भने, ‘जसका कारण सामान्य परिवारका विद्यार्थीहरुले पनि सस्तोमा गुणस्तरीय शिक्षा पढ्न पाउने भएका छन् । धनगढी उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लोकराज उपाध्यायले प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले चाडो रोजगारी पाउने बताए । हाम्रो समयमा प्राविधीक शिक्षा पढ्नका लागि टाढा जानु पर्दथ्यो निमित्त प्रमुख प्रशासकिय अधिकृत उपाध्यायनले भने, अहिले सजिलो छ । धनगढी पोलिटेक्निकल इन्ष्टिच्यूटका प्रशिक्षक सिद्धराज जोशीले सस्तोमा प्राविधीक शिक्षा पढाउनका उप–महानगरपालिकाले प्रशंसनिय काम गरेको बताए ।

