धनगढी, ९ माघ/ प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चरणमा निर्वाचन गर्न तयारी तिव्र पारिएको बताएका छन् । सशस्त्र प्रहरी बलको स्थापना दिवस कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनि प्रदेश र सुदूरपश्चिम प्रदेशमा पहिलो चरण ९१७ वैशाख मा निर्वाचन गर्ने र प्रदेश १, बागमती र कर्णाली प्रदेशमा दोस्रो चरण ९२७ वैशाखमा निर्वाचन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
त्यसका लागि तयार हुन उनले सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । औपचारिक निष्कर्ष ननिस्किएको बताउँदै ओलीले शान्तिपूर्व ढंगले निर्वाचन गराउनका लागि सशस्त्र प्रहरीको भूमिका अहंम रहने बताए । १७ र २७ वैशाखमा मध्यावधि चुनावको घोषणा गरिएको थियो ।